हेटौडा उपमहानगरपालिका प्रमुखमा लामा, उपप्रमुखमा बानियाँ विजयी

हेटौडा उपमहानगरपालिका प्रमुखमा लामा, उपप्रमुखमा बानियाँ विजयी

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी भएकी छन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । पौडेलले भने अन्तिम मत परिणाम सार्वजनिक नहुँदै शुक्रबार लामालाई विजयी बन्ने भन्दै बधाई दिएका थिए । 

निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरे ।

नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गरेकी छन् । 

Skip This
Skip This
Logo