काठमाडौं महानगर वडा नं ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं महानगर वडा नं ८ मा कांग्रेसको प्यानलै विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै सङ्गत वडाध्यक्षमा विजयी भएका हुन्। उनको प्यानलनै निर्वाचित भएको हो ।

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरे। त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भए। महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भएका छन् ।

हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ।

कामपामा कूल मतदाता ३ लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

Skip This
Skip This
Logo