मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको हाे।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo