इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

केन्द्रबिन्दु
0
Shares

इरान ।

इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ ।

‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ ।

उक्त अवसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए। जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ ।

दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए । रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo