भरतपुरमा रेनु दाहाल ८ हजार ५९ मतान्तरले अगाडि

भरतपुरमा रेनु दाहाल ८ हजार ५९ मतान्तरले अगाडि

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ८ हजार ५९ मतले अग्रता लिएकी छन्।

अहिलेसम्म ९४ हजार २३२ मतगणना हुँदासम्म दाहालले ३७ हजार २७ मत प्राप्त गरेकी छन्। नेकपा (एमाले) का विजय सुवेदीले २८ हजार ९६८ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २ सय ३२ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई ११ हजार २१८ मतान्तरले अग्रता लिएका छन्। अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा गुरुङले २२ हजार ९१२ मत प्राप्त गरेकी छन्।

Logo