ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ३६८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन्।
उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन्। उनले १८ हजार ३०९ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १३ हजार ४७२ मत प्राप्त गरेका छन्। राप्रपाकी स्वर्णिमा शाक्यले हालसम्म ४ हजार ९७९ मत प्राप्त गरेकी छिन्।
ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना भइसकेको छ। यहाँ ८५ हजार ८६१ मत खसेको थियो । अब २२ हजार ३५ मतगणना गर्न बाँकी छ।































प्रतिक्रिया