पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्।
जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १७ हजार ४२० मतसहित दोस्रो स्थानमा छन्।
राजेशमान विजयकुमार सरावगीभन्दा १५ हजार ८९५ मतले अघि छन्।
मधेश प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएका थिए भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाइएको थियो।





























प्रतिक्रिया