पोखरा : २४ हजार मत गन्न बाँकी, धनराजको चार हजार मतान्तरले अग्रता

पोखरा : २४ हजार मत गन्न बाँकी, धनराजको चार हजार मतान्तरले अग्रता

केन्द्रबिन्दु
0
Shares

कास्कीको पोखरा महानगरपालिकाको अब करिब २४ हजार मत मात्रै गन्न बाँकी छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरणअनुसार एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य करिब ४ हजार मतले अग्रता कायम राखेका छन् । 

हालसम्म आचार्यले ४७ हजार ९९२ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४४ हजार १३९ मत पाएका छन् । थापा आचार्य भन्दा तीन हजार ८५३ मतले पछाडि पारेका छन् । नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले पाँच हजार १६४ मत पाएका छन् । 

उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता कायमै गरिरहेकी छिन् । सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहे पनि पछि गुरुङको अग्रता रहँदै आएको छ ।

गुरुङले कांग्रेसकी रानाभाटलाई दुई हजार ७९० मतले पछाडि पारेकी छन् । गुरुङले ५० हजार २६० मत पाउँदा रानाभाटको पक्षमा ४७ हजार ४७० मत प्राप्त भएको छ।  दुई लाख ७ हजार ७१२ जना मतदाता रहेको पोखरा महानगरमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।

अब २३ हजार ९०७ मत मात्रै गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo