एन्फा चुनाव : अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

एन्फा चुनाव : अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ ९एन्फा०को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ । 

वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ । 

यसैगरी, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम म्यानेजर अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनिस जोशीको उम्मेदवारी घोषणा गरेका छन् । शेर्पा प्यानलले महिलामा सदस्यको उम्मेदवारी घोषणा गरेको छैन । 

Skip This
Skip This
Logo