काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् ।
अहिलेसम्मको मतपरिणाम अनुसार बालेन ४६ हजार ४७६ मतसहित पहिलो नम्बरमा छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले २७ हजार ६९९ मत पाएकी छन् ।
बालेनले सिर्जनाको भन्दा १८ हजार ६७७ मत धेरै पाएका छन् । तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २६ हजार ८६१ मत पाएका छन् ।





























प्रतिक्रिया