काभ्रे जिल्लाका १३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरि २६ पदमध्ये १३ वटामा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादीसँग गठबन्धन गरेर उठेको कांग्रेसले उम्मेदवारी दिएको सबै पदमा जित हासिल गरेको हो।
१३ वटै स्थानीय तहको निर्वाचनमा कांग्रेसले बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकाकाे प्रमुख तथा रोशी, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्ष जितेकाे छ।
यस्तै धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा उपप्रमुखका साथै भुम्लु, खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकामा उपाध्यक्ष जितेकाे छ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस १ नगर प्रमुख, उपप्रमुख र ३ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरि ८ पदमा सीमित थियो ।
यस पटककाे निर्वाचनमा १३५ वडामध्ये ६० वडामा कांग्रेस एक्लैले जितेकाे छ । यस्तै ४३ वडामा एमाले, २५ वडामा माओवादी केन्द्रले जित हात पार्दा ४ वडामा एकीकृत समाजवादी, २ वडामा स्वतन्त्र र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
कहाँ कसले जिते ?
१) खानीखोला,
अध्यक्ष
ईन्द्रबहादुर थिङ, (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),४४८५
शेखर लामा (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१५६
उपाध्यक्ष, (निर्वाचित)
दोर्जेमान जिम्वा, नेपाली कांग्रेस, ४३२८
रुकमेणी गुरुङ, (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले),२९८७
२) चौरी देउराली,
अध्यक्ष
रेणुका चौलागाईं, (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६२२८
जितराम लामा, (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५४६३
उपाध्यक्ष, (निर्वाचित)
शेरबहादुर लामा (तामाङ)
नेपाली कांग्रेस, ७२१९
बविता खरेल (गौतम) (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३५४९
३) तेमाल गाउँपालिका,
अध्यक्ष, (निर्वाचित)
चन्द्रबहादुर तामाङ,
नेपाली कांग्रेस, ७०७७
इन्द्रबहादुर तामाङ (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८७०
उपाध्यक्ष
दलमान थोकर (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६५५१
सम्तेन थिङ (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४९५२
४) धुलिखेल नगरपालिका
प्रमुख
अशोककुमार ब्याञ्जु श्रेष्ठ (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८३५१
विदुरबहादुर बस्नेत (पराजित)
स्वतन्त्र, ७४११
उपप्रमुख (निर्वाचित)
निराजन जंगम
नेपाली कांग्रेस, ७९३८
लालतारा अधिकारी, (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ७७९१
५) नमोबुद्ध नगरपालिका
प्रमुख
कुनसाङ लामा (निर्वाचित)
नेपाली कांग्रेस, ११२११
राजन भुर्तेल (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८२२
उपप्रमुख
रत्नबहादुर लामा (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ८१८७
सम्झना लामा (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ६५४३
६) पनौती नगरपालिका
प्रमुख
रामशरण भण्डारी, (निर्वाचित)
नेपाली कांग्रेस, १४०५०
भीम न्यौपाने, (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११७८३
उपप्रमुख
गीता बन्जारा, (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), १२३३७
छविलाल हुमागाईं, (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), १०३८८
७) पाँचखाल नगरपालिका
प्रमुख
महेश खरेल
नेपाली कांग्रेस,१२८३६ (निर्वाचित)
कंचन अधिकारी (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८११५
उपप्रमुख
सूर्यमाया दनुवार (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ९५३४
चेतप्रसाद गौतम (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ९०१०
८) बनेपा नगरपालिका
प्रमुख (निर्वाचित)
शान्तिरत्न शाक्य
नेपाली कांग्रेस, १३७९३
रत्नकुश रंजितकार (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११८३५
उपप्रमुख
विमला सापकोटा दाहाल (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११९९२
रगुबर चौ प्रधान (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), १०५१५
९) बेथानचोक गाउँपालिका
अध्यक्ष (निर्वाचित)
भगवान अधिकारी
नेपाली कांग्रेस, ६०१९
कमलप्रसाद तिमल्सिना (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१६०
उपाध्यक्ष
तारा राना तिमल्सिना (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ४४९८
सरला लामिछाने (केसी) (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३५७३
१०) भुम्लु गाउँपालिका
अध्यक्ष
प्रेमबहादुर भुजेल (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ५७९२
प्रेमकुमार लामा (दोङ) (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४५६८
उपाध्यक्ष (निर्वाचित)
जितेन्द्रमान तामाङ
नेपाली कांग्रेस, ६०९८
कल्पनाकुमारी श्रेष्ठ (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४०२९
११) मण्डनदेउपुर नगरपालिका
प्रमुख
टोकबहादुर तामाङ (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), ९४०६
बिदुरप्रसाद सापकोटा (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८३५१
उपप्रमुख
विष्णुमणी नेपाल (निर्वाचित)
नेपाली कांग्रेस, ११३०५
सरिता ढकाल (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले),६९२४
१२) महाभारत गाउँपालिका
अध्यक्ष (निर्वाचित)
कान्छालाल जिम्वा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),४८९१
पूर्णबहादुर वाइवा (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१९५
उपाध्यक्ष
सागर मोक्तान (निर्वाचित)
नेपाली कांग्रेस, ४१६९
शान्ति तितुङ राना मगर (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), १५३०
१३) रोशी गाउँपालिका
अध्यक्ष, (निर्वाचित)
दिनेश लामा
नेपाली कांग्रेस, ७५३४
देव सागर लामा (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ६३५८
उपाध्यक्ष
मिमबहादुर वाईवा, (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६६७२
बबिता बोहरा (क्षेत्री), (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५९४३































प्रतिक्रिया