यौनहिंसाको आरोप लागेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

यौनहिंसाको आरोप लागेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत काठमाडौंले बलात्कार तथा यौनहिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अदालतले आज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार पक्राउ परेका थिए। पाण्डेविरुद्ध यौनहिंसा र मानवबेचबिखन तथा ओसारपसार गरि दुई मुद्दामा अनुसन्धान हुने भएको छ।
    
सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजकमध्येका व्यक्ति पाण्डेले पेयपदार्थमा नसालु पदार्थ मिसाएर बेहोस बनाइ आफूमाथि बलात्कार गरेको एक किशोरीको भनाइ सार्वजनिक भएको छ। उनले आरोपित पाण्डे पक्राउ परेपछि आफूमाथि पनि यौनहिंसा भएको उल्लेख गर्दै  जिल्ला प्रहरी परिसर काठमाडौंमा पाण्डेविरुद्ध जाहेरी दिएकी थिइन्।

Skip This
Skip This
Logo