सरकारले नेपाल गुणस्तरको अन्तराष्ट्रिय मान्यता माग गर्ने भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताएकी हुन् ।
एकल बिन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न र प्रविधिमा आधारित बनाइने भन्दै उनले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । नेपालको खनिज तथा पेट्रोलियम पदार्थको अनवेषण, प्रशोधन, उत्पादन र संरक्षण गरिने बताउदै उनले तुलनात्मक लाभ भएका उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि गरिने बताइन् ।
भरहवा विषेश आर्थिक क्षेत्रलाई विस्तार गरिने भन्दै उनले परम्परागत ज्ञान र सिप मार्फत युवालाई स्वदेशमा उद्यम गर्ने प्रोत्साहन गरिने बताइन् । राष्ट्रपति भण्डारीले उत्पादन मूलक र निर्यात मूलक उद्योगलाई विद्युत् महसुलमा सौलियत उपलब्ध गराइने बताइन् । नेपाली औषधी उत्पादकहरूको अवस्था सुधार गरिने भन्दै राष्ट्रपति भण्डारीले खाद्य सुरक्षा प्रत्याभूत गर्ने नीति लिइने जानकारी दिइन् ।































प्रतिक्रिया