बलिउड कलाकार सलमान खानको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ । खान शनिबार काठमाडौं आउँदै थिए ।
दशरथ रंगशालामा शनिबार खानसहित भारतका चर्चित कलाकारहरुको उपस्थितिमा भब्य सांगीतिक कार्यक्रम आयोजनाको तयारी थियो ।
आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्का कारण हाललाई कार्यक्रम स्थगन गरिएको बताए ।
भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गर्ने उनको भनाइ छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ८ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ ।
कार्यक्रममा बलिउडका मात्रै १५ बढी कलाकार सहभागी हुने भनिएको थियो ।





























प्रतिक्रिया