सर्लाहीको हरिवन नगरपालिका-१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया