नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् ।
पक्राउ परेका चारै जनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागू औषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।































प्रतिक्रिया