बागलुङ ।
गत बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोजी गर्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो ।
बीभत्स शवको उमेर अन्दाज गर्न समेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। पहिरोमा २३ जना अझै हराइरहेका छन् । हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन् । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ ।
एक जनाको शव सनाखत हुन बाँकी छ । भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी शुरु भएको छ ।रासस































प्रतिक्रिया