सरकारको नीति तथा कार्यक्रम चुनाव लक्षित मात्रै हो : राजेन्द्र लिङदेन

सरकारको नीति तथा कार्यक्रम चुनाव लक्षित मात्रै हो : राजेन्द्र लिङदेन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनाव लक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताएका हुन्।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गरे।

सांसद लिङदेनले भने, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्ष यता हेरिरहेको छु। पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनु भयो। मन्त्रीजीहरुको जिल्लामा ठूला ठूला बाटोहरु बनाउने नीति कार्यक्रममा छ। देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन्। तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा। अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छरु कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनु पर्छ कि पर्दैनरु’

उनले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताए।

 

Skip This
Skip This
Logo