सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका ११ को श्री परोपकार आधारभूत विद्यालयमा आफूले अध्ययन अध्यापन सुरू गरेका विद्यार्थी विनोद थापा( राजिव) ले एक लाखकाे अक्षयकाेष स्थापना गरेका छन् ।
जन्मदिनकाे अवसर पारेर उनले अक्षयकाेष स्थापना गरेका हुन् । विद्यार्थीको शैक्षिक उन्नति प्रगतिमा टेवा पुग्ने हेतुले जेहेन्दार तथा अतिविपन्न विद्यार्थीका लागि हरेक वर्ष जेठ १३ गतेका दिन रू १,००,००० (एकलाख) बाट प्राप्त ब्याजबाट शैक्षिक सामाग्री प्रदान गरिने उनले बताएका छन्।
औपचारिक कार्यक्रममा वैशाख ३० गते स्थानीय निर्वाचनमा विजयी हासिल गरेका इन्द्रावती ११ का वडा अध्यक्ष रामजी माझीले अक्षयकोषकर्ता विनोद थापा ( राजिवलाई) वडा नं ११ मा शैक्षिक विकासका लागि नयाँ र उदाहरणीय कामको थालनी गरेकोमा धन्यवाद दिएका थिए ।
विशेष अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरणप्रसाद न्याैपानेले विद्यालय स्थापना भएको ३२ वर्षमा नयाँ कामको सुरूवातले आफू धेरै खुशी भएको भन्दै शिक्षक, अभिभावक र विद्यार्थीवीच खुसी साटासाट गरे।

अतिथि तथा विद्यालयका प्रधानाध्यापक विदुर नेपालले आफूले अध्यापन गराएको पूर्वविद्यार्थी विनोद थापा(राजिव) जस्ता अरू पाँच, दश जना जम्मिनु पर्ने विचार व्यक्त गरे । जसले गर्दा यस परोपकार आधारभूत विद्यालयको छिटै उन्नति प्रगति हुने र आफूलाई यस कार्यले अति हर्षित बनाएको उनले बताए ।
अतिथिको रूपमा महिला प्रतिनिधी लालकुमारी अधिकारीले जन्मदिनको शुभकामनाका दिएकी थिइन् ।
कार्यक्रममा अतिथिकै क्रममा उत्तम थापाले स्वदेश विदेश जहाँ रहे पनि आफ्नो गाउँठाउँलाई आगामी दिनमा इन्द्रावती ११ का सबै विद्यालय तथा अन्य क्षेत्रमा यस्तै पवित्र काम गर्नुस् भन्ने आशिर्वाद तथा जन्मदिनको शुभकामना दिएका थिए।































प्रतिक्रिया