ललितपुर ।
बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण भएको छ।
यससँगै काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेहरुमा ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।





























प्रतिक्रिया