सरकारले वृद्ध भत्ता पाउने उमेरहद ६८ वर्ष बनाउँदै गर्दा सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने घोषणा पनि गरेको छ। आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्ध भत्तासहित अन्य सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माले जीवनचक्रमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउदै गर्भावस्थामा नि:शुल्क जाँच, जन्मेपछि पोषण तथा खोप उपलब्ध हुने बताए । यस्तै माध्यमिक शिक्षामा प्राविधिक सीप बढाउने र युवावस्थामा रोजगारी दिने, वृद्धवस्थामा नि:शुल्क उपचारको व्यवस्था गरिने सरकारी योजना छ ।
शर्माले भने, 'वृद्धभत्ता अब ६८ वर्ष नाघेकालाई उपलब्ध गराइनेछ। भत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्नेछ ।' सरकारले विभिन्न राजनीतिक आन्दोलनमा योगदान गरेका परिवारका सदस्यलाई समेत जीवन निर्वाह भत्ता कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।































प्रतिक्रिया