सिंहदरबारमा साउनबाट सिलिन्डरको प्रयोग नहुने, ग्यासको अनुदान घटाइने

सिंहदरबारमा साउनबाट सिलिन्डरको प्रयोग नहुने, ग्यासको अनुदान घटाइने

केन्द्रबिन्दु
0
Shares

सरकारले खाना पकाउने ग्यासमा दिंदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने बताएको छ। आगामी आर्थिक वर्षको बजेटले खाना पकाउने ग्यासमा दिंदै आएको अनुदान घटाएर भान्सामा विद्युत्‌को खपतमा अनुदान दिने घोषणा गरेको हो।

बजेटले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान सुरू गरिने घोषणा गर्दै सरकारले आगामी साउनबाट सरकारले ग्यास सिलिण्डर प्रयोग हटाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले साउनबाट सिंहदरबारमा ग्यास सिलिन्डर हटाएर विद्युत् मात्र प्रयोग गरिने बताए। 

त्यसैगरी, तीन महीनाभित्र काठमाडौंका सार्वजनिक कार्यालयबाट ग्यास सिलिन्डर हटाउने अभियान थालिने बताए। बजेटले स्थानीय तह मार्फत एक घर एक विद्युतीय चुल्हो अनुदान दिने घोषणा पनि गरेको छ।

Skip This
Skip This
Logo