‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

केन्द्रबिन्दु
0
Shares

पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् ।

जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव  अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो ।

तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।

Skip This
Skip This
Logo