पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

सरकारले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँसम्म घटाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै त्यस्तो संकेत गरेका हुन् ।

पूर्वाधारमा लागेको कर समायोजन गर्दै मूल्य घटाउने तयारी रहेको मन्त्री शर्माले बताए । उनले भने, 'पूर्वाधारमा लागेको करबराबरको रकम समायोजन गरेर मूल्य घटाउन सकिन्छ ।

' पेट्रोलिय पदार्थमा सरकारले पूर्वाधारका लागि भन्दै प्रतिलिटर १० रुपैयाँ कर असुली गर्दै आएको छ । सरकारले पेट्रोलिय पदार्थको मूल्य तीनपटक बढाइसकेको छ ।

Skip This
Skip This
Logo