तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ: ओली

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले दुख व्यक्त गरेका हुन् । ओलीले भनेका छन्, ‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको ९ एएनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ ।’ 

तारा एयरको जहाज आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ। ‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, ओलीले भनेका छन्।

Skip This
Skip This
Logo