भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ

भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका-१ धनगडी बस्ने प्रमेश्वर साह रहेको छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी उनी फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनीमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Skip This
Skip This
Logo