झाको निधनमा शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक १८ जेठमा

झाको निधनमा शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक १८ जेठमा

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाले दोस्रो संविधानसभा सदस्य डा.डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख अग्निप्रसाद सापकोटाको प्रस्तावमा शोक प्रस्ताव बहुमतले पारित गरेको हो । साथै बैठकले झाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेको छ । बैठकमा उनको निधनप्रति मौन धारण पनि गरिएको थियो ।  

क्यान्सर रोगबाट पीडित झाको ४४ वर्षको उमेरमा उपचारका क्रममा १० वैशाख २०७९ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक १८ जेठ बुधबार बिहान ११ बजे बस्नेछ । 

Skip This
Skip This
Logo