फ्रेन्च ओपन : जोकोभिच र नाडालबीच क्वार्टरफाइनमै भेट

फ्रेन्च ओपन : जोकोभिच र नाडालबीच क्वार्टरफाइनमै भेट

केन्द्रबिन्दु
0
Shares

शीर्ष वरीयाताका नोभाक जोकोभिच र १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडाल पुनः एक पटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा आज राति प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेलपछि उपाधिका दाबेदार मानिएका जोकोभिच र नाडालमध्ये एकको यात्रा टुंगिने छ । टेनिसका विभिन्न स्पर्धामा अहिलेसम्म यी दुई खेलाडी ५८ पटक आमनेसामने भइसकेका छन् । जसमध्ये जोकोभिचले ३० र नाडालले २८ पटक बाजी मारेका छन् । जसमध्ये १५ वटा फाइनल जोकोभिचले जितेका छन भने १३ वटा नाडालले ।

फ्रेन्च ओपनमा यो पटकको भिडन्त यी दुई टेनिस हस्तीका लागि अन्तिम पनि हुन सक्ने आकलन छ । क्ले कोर्टका बालशाह ३६ वर्षे नाडाल र ग्रासकोर्टका हस्ती ३५ वर्षे जोकोभिचको बढ्दो उमेर र खस्कदो फर्म चिन्ताको विषय बन्न सक्नेछ । त्यसैले यी दुबै खेलाडीका लागि यो खेल जित्नु प्रतिस्ठाको लडाँई हुनेछ ।

हाल विश्व वरीयताको एक नम्बरमा रहेका नोभाक चोटकै कारण गत वर्ष आधा सिजन मैदान बाहिर थिए । उनले विम्बल्डन र यूएस ओपन खेल्न पाएनन भने कोभिड विरुद्धको खोप नलगाएको भन्दै अष्ट्रेलियाले अष्ट्रेलियन ओपन टेनिस खेल्नै दिएन । उनको बायाँ खुट्टा र नाडीमा चोट लागेको थियो ।

“म धेरै गुनासो गर्न सक्दिनँ,” २१ वर्षे फेलिक्स अगर–एलिसिमेविरुद्ध ३२ को संघर्षपूर्ण जित निकालेपछि स्पेनी नाडालले भने, “मैले यहाँ खेलेको प्रत्येक खेल फ्रेन्च ओपनकै अन्तिम हुने हो कि भन्ने लाग्छ । मेरो अहिलेको अवस्था पनि यही नै हो । त्यसकारण म सक्दो धेरै रमाउने प्रयास गर्दैछु ।”

त्यसको ठीक विपरित जोकोभिचले भने १५औं वरीयताका डिएगो स्वाट्जर्मेनलाई सोझो सेटमा हराए । सर्वियाका जोकोभिचका लागि अर्को खुशीको कुरा भनेको उनले खेलेका पछिल्ला चार खेलमा कुनै पनि सेट हारेका छैनन् । 

Skip This
Skip This
Logo