नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सफल नहुँदा माओवादी दोस्रो पार्टी हुनबाट रोकिएको बताएका छन् ।
माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि बुधबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले गठबन्धन पुर्णरुपमा सफल हुन नसकेको बताए ।
यो निर्वाचनमा गठबन्धन पनि भन्या जस्तो भएन । महानगर र उपमहानगरमा गठबन्धन गर्न निकै मेहनत गर्नुपर्यो् । त्यहाँ पनि शतप्रतिशत सफल भएनु, प्रचण्डले भने ुतल गएर त झन् गठबन्धन गठबन्धनजस्तो भएन । गठबन्धनमा भएका पनि सबै ।
गठबन्धनमा नभएकाहरू पनि सबै मिलेर माओवादी विरुद्ध लडे । रोल्पा, कालिकोट लगायत अरू थुप्रै ठाउँहरूमा हेर्नुस् के भयो ।तर केन्द्रमा भएको गठबन्धन एउटा उद्देश्यका निम्ती भएको उनले बताए । उनले यो गठबन्धन कायमै रहने स्पष्ट पार्दै माओवादी अलि बढी उदार हुँदा धेरै ठाउँमा चुनावमा पराजीत हुनुपरेको बताए । केन्द्रमा जसरी गठबन्धन भएको छ यो एउटा उद्देश्यका निम्ती भएको हो यो कायमै रहन्छ । हामी अलि बढी उदार हुँदा । गठबन्धनमाथी भरोसा गर्दा हामीले धेरै ठाउँमा हार्यौँ।
विगतमा एमालेसँग गठबन्धन गरेर पार्टी एकता गर्दा एमालेको दम्भका कारण एकता भाँडिएको स्मरण गर्दै अहिले कांग्रेसले पनि त्यस्तो व्यवहार देखाउन थालेको संकेत गरे । कांग्रेस पनि एमालेजस्तै बिग्रन्छ की भन्ने त्रास देखिन थालेको भन्दै प्रचण्डले कांग्रेस पनि अहंकारी भएर निस्किएमा त्यसका विरुद्ध पनि विद्रोह हुने बताए । ुअहिले कांग्रेसमा पनि त्यस्तै दम्भ देखिन थालेको छ । फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर बिग्रन्छ की भन्ने त्रास छ । एमालेलाई ठेगान लगाएको जस्तै कांग्रेसलाई लाउन नपरोस् । अहंकार र दम्भले कसैको पनि हित गर्दैन ।
जनता र राष्ट्रलाई त गर्दै गर्दैनु, प्रचण्डले भने कांग्रेस त्यस्तै अहंकारी हुने हो की भनेर देशभरका साथीहरूले चिन्ता व्यक्त गरिरहनुभएको छ । कांग्रेसमा अहंकार र दम्भ आएमा त्यसका विरुद्ध हामी फेरि विद्रोह गर्ने हो । जसले निहुँ खोज्छ त्यसलाई ठोक्दै जाने हो ।
नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको भन्दै उनले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको बताए । ‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ उनले भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’
विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको उनले बताए । ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो’, उनले भने ।































प्रतिक्रिया