चुनावमा हाम्रै कारणले जनमत गुमायौँ : केपी ओली

चुनावमा हाम्रै कारणले जनमत गुमायौँ : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै कारणले जनमत गुमाउनुपरेको बताएका छन् । बिहीबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्ने क्रममा ब्रिफिङ गर्दै ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै अनुशासनहीनताले केही जनमत गुमाउनुपरेको बताएका हुन्।

संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी नेता र कार्यकर्ता पंक्तिले निष्ठा गुमाउँदा केही जनमत गुमाउनु परेको टिप्पणी गरे । स्थानीय तहमा जस्तो अनुशासन र निष्ठा गुमाउने काम नगरौँ । हामी स्थानीय तह निर्वाचनमा अरुले गर्दा कमजोर भएका होइनौँ, आफ्नै कारणले जनमत गुमायौँ, ओलीले भने । 

ओलीले पार्टीभित्रको अनुशासनहीनता गम्भीर विषय भएको बताउँदै आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म यसलाई करेक्सन गरेर जानुपर्नेमा जोड दिए। ुअब हामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जुटौँ तर, स्थानीय तह निर्वाचनमा जस्तो अराजकता त्यहाँ दोहोरिनु भएनु, उनले भने, अहिलेको जस्तो पार्टी संगठनभित्रको अनुशासनहीन अवस्थालाई सच्याएर दुवै तहको निर्वाचनको अहिलेबाटै तयारी थालौँ । ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जुट्न समेत आग्रह गरेका थिए ।
 

Logo