एसिड पोखिएर जनकपुरको रेलमा आगो लागेको छ । जनकपुर आउने क्रममा रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको हो । भारतको बिहारस्थित जयनगर स्टेशनबाट नेपाल आउने क्रममा रेलको एउटा डब्बामा आगो लागेको प्रहरीले बताएको छ ।
नेपालमा प्रतिबन्ध लगाइएको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लाग्दा यात्रुबीच भागाभाग भएको थियो । नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको छ । प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर हिरासतमा लिएको छ।































प्रतिक्रिया