मनमोहन मेमेरियल हस्पिटलको इमर्जेन्सीमा ‘ग्याङफाइट’, तोडफोडपछि सेवा बन्द

मनमोहन मेमेरियल हस्पिटलको इमर्जेन्सीमा ‘ग्याङफाइट’, तोडफोडपछि सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको स्वयम्भुस्थित मनमोहन मेमोलियल मेडिकल कलेज एण्ड टिचिंग हस्पिटलको सेवा अवरुद्ध भएको छ। बिहिबार राति उपचारका लागि ल्याइएका युवाहरू बीच इमर्जेन्सीमै दोहोरो झडप भएपछि सेवा अवरुद्ध भएको हो ।

२०/३० जना युवाहरू बीच भएको दोहोरो झडपका क्रममा अस्पतालका सामाग्रीहरू तोडफोड भएको र इमर्जेन्सी कक्ष रक्ताम्य भएको अस्पतालले जनाएको छ।  झडपका क्रममा चिकित्सक तथा सुरक्षाकर्मीमाथि समेत हातपात भएको विज्ञप्तिमा उल्लेख छ।

घटनामा संलग्नहरूलाई कारवाही गर्न अस्पतालले माग गरेको छ।

रानीवनमा बिहीबार राति दुई टोलका युवाबीच झडप भएको थियो । ढुंगेधारा र रानीवनका युवाबीच भलिबल खेल्दा भएको विवादले उग्र रूप लिँदा कुटाकुट भएको हो।

झडपमा घाइते भएका सुदीप रानामगर, सुरज रानामगर, नवराज रानामगर र सुरज थापा मगरलाई नजिकै रहेको सो अस्पतालमा लगिएको थियो। त्यसपछि पनि हस्पिटलमै पुगेर दुवै पक्षबीच पुन झडप भएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले घटनामा संलग्न ढुंगेधाराका दुई युवकलाई पक्राउ गरिएको बताए।

Skip This
Skip This
Logo