२३ वर्षीय युवकले ६४ वर्षीय बृद्धको हत्या गर्छ । मारिएका व्यक्तिको टाउको झोलामा बोकेर युवक प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गर्छ।
झट्ट सुन्दा फिल्मी जस्तो लागे पनि यो आज शुक्रबारको यथार्थ घटना हो। घटना धादिङको नीलकण्ठ नगरपालिका–१३ मा भएको हो। यसरी बृद्धको हत्या गरि आत्मसमर्पण गर्ने युवा हुन् २३ वर्षीय राजु परियार। मारिएका व्यक्ति हुन् ६४ वर्षीय सोमबहादुर गुरुङ।
दुई जनाबीच बाटोमा भएको सामान्य विवादका क्रममा घटना भएको प्रहरीको भनाइ छ। राजुले सोमबहादुरलाई ‘यति राति कता गएर आएको ?’ भनेर सोधेको र त्यसमा जवाफमा सोमबहादुरले ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ भनेर जवाफ दिएपछि घटना हुन् पुगेको हो। सोमबहादुरको जवाफबाट रिसले चुर भएका युवकले नजिकैको घरमा खुर्पा मागेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
हत्यापछि सोमबहादुरको टाउको झोलामा लिएर राजु जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।































प्रतिक्रिया