काठमाडौं ।
आज काठमाडौंका केही स्थानमा बत्ती नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने भएको हो ।
ताहाचल फिडरको टेकु सबस्टेशनदेखि विष्णुमति खोलासम्म मर्मत सम्भारको काम गर्नु पर्ने भएकाले बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म बत्ति नआउने प्राधिकरणले जनाएको छ ।
उक्त फिडर अन्तर्गत कालिमाटी, ताहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा बिजुली आपूर्ति बन्द हुने बताइएको छ । निर्धारत समय अगावै सम्पन्न भएमा तत्काल लाइन सुचारु हुन सक्ने पनि प्राधिकरणले बताएको छ ।































प्रतिक्रिया