उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्याएको छ।
मेयर पद गुमाएको कटारीमा शनिबार सम्पन्न ८ जनाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका सबै उमेदवारले आफ्नो मतभन्दा बढि प्राप्त मत गरी निर्वाचित भएका हुन्।
यसरी निर्वाचित हुनेहरुमा बाहिरबाट दलिततर्फ हेमकुमारी विश्वकर्मा, जितेन्द्र बराइली, अल्पसंख्यकतर्फ मन्जुकुमारी राई दनुवार, निर्वाचित महिलाहरुबाट देवीकुमारी घिमिरे, भगवती अधिकारी, सम्झना मुरी मगर, गिताकुमारी गिरी र मेलिना श्रेष्ठ रहेका छन् ।
गएको वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत कटारी नगरपालिकामा ७२ सिटमध्ये उपमेयरसहित ४२ सिटमा एमालेलेले जित निकालेको निर्वाचन अधिकृत राजकुमार राउतको जानकारी दिए। कार्यपालिका सदस्य निर्वाचन भएसँगै कटारी नगरपालिकामा अब २४ जनाको कार्यपालिका बोर्ड बनेको छ।
त्यसमध्ये एमालेबाट १६ जना र कांग्रेसबाट चार जना, स्वतन्त्रबाट २ जना, नेकपा एसबाट १ जना र नेकपा माओवादीबाट १ जना रहेका छन् । निर्वाचित सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय कटारीले प्रमाणपत्र वितरण गरेको छ। सदस्यहरुलाई नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
जम्मा १४ वडा रहको कटारमिा एमालेले उपमेयरसहित वडा नं १,५,६,१०,११,१३,१४ गरी ७ वटामा जित निकालेको हो। उपमेयरमा गीता खड्का र वडाध्यक्षहरूमा क्रमश पदमलाल मगर, मोहनबहादुर तामाङ, प्रेमबहादुर मगर, क्षेत्रबहादुर खड्का, अनन्त हायु, शम्भु श्रेष्ठ र अमर मगर रहेका छन्। त्यसैगरी कांग्रेसबाट मेयरमा राजेशचन्द्र श्रेष्ठ, वडाध्यक्षमा क्रमश प्रेमबहादुर श्रेत्री, पुष्कर खड्का, स्वतन्त्रबाट भुपेन्द्रसिंह तामाङ्ग, नविन्द्रकुमार तामाङ, नेकपा एसबाट बेगबहादुर आले, माओवादीबाट यम्बरबहादुर कटुवाल विजयी भएका हुन्।
यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो। गठबन्धनसँग एक्लै मैदानमा उत्रिएको एमालेले परिणाम सोचेभन्दा राम्रो निकालेको हो ।































प्रतिक्रिया