स्थानीय चुनावको समीक्षापछि सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।
नेकपा एसको शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरे।
आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने नेता खनालले बताए । फरक प्रसंगमा नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यकता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए । वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भए पनि मेजर दलका नेताहरुका कारण सो सम्भावना निकै कमजोर हुन पुगेको उनले टिप्पणी गरे ।





























प्रतिक्रिया