चुनावी तालमेलका लागि खुल्ला छौँ : जनमत पार्टी

चुनावी तालमेलका लागि खुल्ला छौँ : जनमत पार्टी

केन्द्रबिन्दु
0
Shares

आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा तालमेलका लागि जनमत पार्टी खुल्ला रहेको जनाएको छ । 

आउँदो निर्वाचनका लागि दलहरूले गठबन्धन बनाउँदै गर्दा जनमत पार्टी पनि चुनावी तालमेल गर्ने पक्षमा रहेको पार्टीका नेता बिपी साहले बताएका छन् ।

‘हालै सम्पन्न स्थानीय निर्वाचनमा हामीविरुद्ध अधिकांश दलहरूले मोर्चाबन्दी गरेका थिए । हामी एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन,’ नेता साहले भने, ‘आगामी निर्वाचनमा हामी पनि तालमेल गरेर निर्वाचनमा जाने पक्षमा छौँ ।’ कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको उनले सुनाए ।

‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकृण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ, अर्को गठबन्धन बनाउने प्रयास पनि भइरहेको अवस्थामा हामी एक्लै बस्नुको औचित्य छैन ।’

मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,‘लोसपा वा जसपाको जनाधार पनि मधेसमै देखियो । हाम्रो जनाधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो । तर, उहाँहरू कतिपय कुरामा क्लियर हुनुपर्छ ।’ 

आगामी निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवार चयनका विषयमा छलफल पनि अगाडि बढाइ सकेको छ । 

नेता साहका अनुसार आगामी निर्वाचनमा पार्टी बाहिर वा भित्रका जोसुकैलाई पनि टिकट दिन सकिने छ ।

Skip This
Skip This
Logo