घनश्याम भुसाललाई कारबाही गर्ने पत्र एमाले सचिवालयमा पुग्यो

घनश्याम भुसाललाई कारबाही गर्ने पत्र एमाले सचिवालयमा पुग्यो

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता घनश्याम भुसालमाथि अनुशासनको कारबाही गर्ने जिम्मा केपी शर्मा ओलीले अनुशासन आयोगलाई दिएका थिए । तर, विधानअनुसार आयोगले उनीमाथि सोझै कारवाही गर्न नमिल्ने भएपछि आयोगले यसको जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ।

सार्वजनिक रुपमा अध्यक्ष ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो।

बैठकले सोझै कारवाही गर्ने तयारी गरेको थाहा पाएपछि एमालेकै केही नेताहरुले त्यसरी कारवाही गर्दा ‘डिजास्टर’ हुने चेतावनी एमाले नेतृत्वलाई दिएका थिए। साथै विधानतः अनुशासन आयोगले कुनै नेतामाथि कारवाही गर्नेबारे सिफारिस मात्र गर्न मिल्ने केही नेताहरुको तर्क सुनेपछि अनुशासन आयोग एक कदम पछि हटेको छ।

भुसालले एउटा निजी टेलिभिजनलाई लिएको अन्तरवार्ताको प्रश्नउत्तर सबै उतारेर सचिवालयलमा पठाउन लागिएको अनुशासन आयोगका रहेका एक नेताले बताए। त्यही अन्तरवार्ताका आधारमा उनीमाथि कारवाही गर्न सचिवालयलाई सिफारिस गर्ने निर्णय भएको उनले बताए।

 

Skip This
Skip This
Logo