सरकारले पाँच जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई एआईजीमा बढुवा गरेको हो । गृह मन्त्रालयको बढुवा समिति बैठकले एआईजीमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले एक नम्बरमा उत्तमराज सुवेदीको नाम राखेर बढुवा गरेको हो । दोस्रो नम्बरमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्दराज आचार्य र पाँचौ नम्बरमा पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।
सिंह प्रशासन तर्फ नेपाल प्रहरीको एआईजीमा बढुवा हुने पहिलो महिला समेत बनेकी छन् ।
सशस्त्रको एआईजीमा गौतम
बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । पौडेलले सशस्त्र प्रहरी मानवस्रोत विभागको नेतृत्व गरिरहेका छन् ।































प्रतिक्रिया