अदालत परिसरमा गोली चल्यो, गोली प्रहार गर्ने फरार

अदालत परिसरमा गोली चल्यो, गोली प्रहार गर्ने फरार

केन्द्रबिन्दु
0
Shares

पश्चिम-नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको हो ।  सरावल गाउँपालिका ४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन। 

सोमबार जिल्ला अदालत परासीमा अंश मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहार गर्ने यादव फरार रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेम बहादुर शाहीले बताए । जिल्ला अदालत अगाडी दिउँसोको समयमा नै गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् ।

Skip This
Skip This
Logo