काठमाडौंको फोहोर : अनावश्यकरूपमा हिँड्डुल नगर्न कूटनीतिक नियोगको सर्कुलर

काठमाडौंको फोहोर : अनावश्यकरूपमा हिँड्डुल नगर्न कूटनीतिक नियोगको सर्कुलर

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा रहेका कूटनीतिक नियोगले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँड्डुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको छ। 

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँड्डुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए। 

यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिए। 

निर्वाचनको अवधिभर धैर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरि फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे।

Skip This
Skip This
Logo