प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव तत्काल पास गर्न ल्याएको हैन : पूर्वप्रधानमन्त्री खनाल

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव तत्काल पास गर्न ल्याएको हैन : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन् । उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको स्पष्ट पारे ।

महाअभियोगलाई टुंगोमा पु¥याउनका लागि अझै समय बाँकी रहेको बताउँदै उनले भने – ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडी आएको छ । यस्लाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पु¥याउने कुरा हो नि त । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुप¥यो नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो । त्यो समितिले आफ्नो उत्तरदायित्व पुरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्‍यो । अनि संसदले काम गर्नुप¥यो । त्यसपछि त अगाडी बढीहाल्छ नि ।’

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गरे । समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडी बढ्ने खनालको भनाइ थियो । 

Skip This
Skip This
Logo