ग्लोबल आईएमई क्यापिटलद्वारा डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह

ग्लोबल आईएमई क्यापिटलद्वारा डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरूलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ।

क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यालयहरूमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७८/७९ सम्म डिम्याट सञ्चालन गरेबापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन क्यापिटलले आग्रह गरेका छन्।

हितग्राहीहरूले असार मसान्तभित्र आइएमई पे, ईसेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल वालेट, प्रभु पे र ग्लोबल आईएमई बैंकको ई बैंकिङ मार्फत उक्त शुल्क बुझाउन सक्नेछन्।

तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरूको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ। साथै, मेरो सेयर सेवा लिएका हितग्राहीहरूले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नवीकरण गरिसक्नु पर्नेछ।

Skip This
Skip This
Logo