विशिष्ठ फिल्मकर्मीलाई विमानस्थलको भिआइपी कक्षमा प्रवेश दिइने

विशिष्ठ फिल्मकर्मीलाई विमानस्थलको भिआइपी कक्षमा प्रवेश दिइने

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारले विशिष्ठ परिचय प्राप्त फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोेही पत्रअनुसार फिल्मकर्मीका लागि भीआइपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

२०७७ साल चैत १ गते चलचित्र विकास बोर्डले नेपाल सरकारलाई पत्र लेखी विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई समेत यसको जानकारी गराएको हो ।

विशिष्ट फिल्मकर्मीलाई विमानस्थलमा भिआइपी कक्षा उपलब्ध हुनुपर्ने माग विभिन्न फिल्मकर्मी संघ संगठनले गर्दै आइरहेका थिए ।
 

 

Logo