आत्मघाती ४१ गोल गर्ने क्लबलाई आजीवन प्रतिबन्ध

आत्मघाती ४१ गोल गर्ने क्लबलाई आजीवन प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

म्याच फिक्सिङ प्रकरणमा दक्षिण अफ्रिकाका चारवटा फुटबल क्लबलाई आजीवन प्रतिबन्ध लगाइएको छ । 

मटियासी एफसी, शिवुलानी डेन्जर्स टाइगर्स, कोटोको ह्याप्पी ब्वाइज र न्सामी माइटीलाई आजीवन प्रतिबन्ध लगाईएको हो । खेलमा मिलेमतो गरेको पाइएपछि ती चार क्लबका अधिकारीहरूमाथि पाँचदेखि आठ सिजन प्रतिबन्ध लगाइएको छ । खेल अधिकारीलाई पनि आगामी १० सिजन कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी रोक लगाइएको छ । प्रतिबन्धि भएका दुई क्लब प्रतियोगिताका पूर्व विजेता हुन् भने अन्य दुई क्लब उनीहरूको जितमा सहयोगी क्लब हुन् । 

लिग क्लब मटियासी विरुद्धको पहिलो खेलमा न्सामी माइटी बर्ड्सका खेलाडीले आफ्नै पोस्टमा ४१ गोल गरेका थिए । यस्तै अर्को खेलमा शिवुलानी टाइगर्सले कोटोको ह्याप्पी ब्वाइजलाई ३३–१ ले हराएको थियो । सो खेलमा पनि सात आत्मघाती गोल भएका थिए । गत महिनाको अन्त्यमा मटियासी एफसी र न्सामी माइटीले उपाधिका लागि लडिरहेका बेला केही अविश्वसनीय स्कोरलाइनहरू देखा परेका कारण अनुशासन समितिले सम्बन्धित टोली र अधिकारीहरूबीच मिलेमतो भएर नतिजा बिग्रिएको प्रमाण फेला पारेका थिए ।

रिपोर्टमा पदाधिकारीहरुको बयान यस्तो थिर्यो  हाम्रो अनुसन्धानले पत्ता लगायो कि मटियासी र न्सामी शिवुलानीलाई लिगको शीर्ष स्थानमा हुनबाट रोक्न चाहन्थे, त्यसैले उनीहरू यस्तो हुन नदिन म्याच फिक्स गर्न सहमत भएका थिए । जब हामीले छानबिन ग¥यौं हामीले पत्ता लगायौं कि केही मटियासी क्लबका गोलहरू ठीक रूपमा दर्ता समेत गरिएको थिएन् । यो बिषयमा रेफ्रीलाई सोधिएको प्रश्नमा रेफ्रि जवाफ दिन असमर्थ थिए । हामीले रेफ्रीले खेलाडी नम्बर २ ले १० गोल, खेलाडी नम्बर ५ ले २० गोल र अन्य गोलमात्र लेखेको पाएका थियौं ।'

पहिलो हाफमा रातो कार्ड देखाइएका एक खेलाडीले दोस्रो हाफमा पनि गोल गरेका थिए ।

दक्षिण अफ्रिकी फुटबलमा यस्तो अस्वाभाविक स्कोर आउनु नौलो भने होइन । सन् २०१३ मा ७९–० र ६७–० मा पनि यति धेरै अस्वाभाबिक गोल गरी जित हासिल गरेका दुई वटा क्लबलाई १० वर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।

तर फुटबलमा अहिलेसम्मकै १४९–० को स्कोरलाई भने कसैले जित्न सकेको छैन । यो खेल सन् २००२ मा मालागासी प्रो लिगमा भएको थियो । यो खेल माडागास्कर देशमा खेलिएको थियो ।
 

Skip This
Skip This
Logo