नेफ्स्कूनको साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने

नेफ्स्कूनको साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको चौथो साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ। 

नेफ्स्कूनले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको चौथो साकोस शिखर गोष्ठी २०७९ जेठ २९ र ३० गते काठमाडौंमा गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस शिखर गोष्ठी  होटल सोल्टीमा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। दुई दिनको कार्यक्रममा सहकारी क्षेत्रले भोग्नु परेको परिस्थितिका विषयमा बढी केन्द्रित भएर अबको सहकारीलाई नयाँ उचाइमा लानको लागि एकजुट भएर बचत ऋण अभियानमा लाग्ने उनले बताए। 

वरिष्ठ उपाध्यक्ष ढकालले गोष्ठीमा सहकारीसँग जोडिएका सबै स्टेक होल्डरलाई समेटेर सहभागिता हुने बताए। उनले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरि कार्यक्रम बनाएको बताए। नियामकीय प्रवन्धहरूको जानकारी, वित्तीय सहकारीमा पारेको प्रभावबारे साझा बुझाई विकास गर्ने, वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीको बारेमा साझा बुझाई र प्रतिवद्धता विकास गर्ने, वित्तीय सहकारीहरूमा एकरूपता कायम गर्ने गोष्ठीको उद्देश्य रहेको उनले जानकारी दिए। 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अहिले सहकारी क्षेत्र अत्यन्तै जाखिमको बीचमा रहेको बताए। सहकारी क्षेत्रको लागि आगामी दिनहरू समेत चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। अध्यक्ष पौडेलले यो शिखर गोष्ठीले आगामी दिनमा आउने चुनौती र समस्यालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको बताए। 

संघले हरेक ३ वर्षमा साकोस शिखर गोष्ठीको आयोजना गर्दै आएको छ। यो गोष्ठीको नारा 'दिगो एवम् एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि' भन्ने रहेको छ। चौथो साकोस शिखर गोष्ठीमा ६०० जना भन्दा बढी अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरू, सम्बन्धित सरोकारवाला एवम् विकास साझेदारहरूको सहभागिता रहने संघले बताएको छ। सातै प्रदेशबाट ५० जिल्लाका ६५० भन्दा बढी सहकारीकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न हुने गोष्ठीमा पाँच वटा सामूहिक सत्र र चार वटा ब्रेकआउट सत्र गरी जम्मा नौ वटा सत्रमा दुई दिनसम्म सञ्चालन हुनेछ।

Skip This
Skip This
Logo