कङ्गोमा हिरा खानीमा पहिरो जाँदा पुरिएर ४० जनाको मृत्यु

कङ्गोमा हिरा खानीमा पहिरो जाँदा पुरिएर ४० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रको हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। 

कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चार माध्ययमलाई जानकारी गराएका छन्। उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए ।

मृतकहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

Skip This
Skip This
Logo