जिसस सुर्खेतमा एमाले–माओवादीको गठबन्धन विजयी

जिसस सुर्खेतमा एमाले–माओवादीको गठबन्धन विजयी

केन्द्रबिन्दु
0
Shares

जिल्ला समन्वय समिती सुर्खेतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हात पारेको छ ।

शुक्रबार भएको निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।

१० मतसहित एमाले र माओवादी गठबन्धनको प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिए । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ । निर्वाचन अधिकृत आचार्यका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । 

त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति तारम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमाटा समन्वय सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलिपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो ।

२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको हो ।

Skip This
Skip This
Logo