काठमाडौं ।
झण्डै दुई साता लामो विश्रामपछि बिहीबार नेकपाको सविचालय बैठक बस्दैछ । यो वैठकको निर्धारित एजेण्डा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यादलले दिएको प्रतिवेदनमाथि छलफल गर्नेछ । अब वामदेव गौतम कि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्ने भन्ने एजेण्डा चाहिं त्यो भन्दा ठूलो एजेण्डाको रुपमा प्रकट हुने देखिन्छ ।
किनकी भदौ २० भित्र मनोनयन नगरे अर्थमन्त्री खतिवडाको मन्त्री पद जान्छ । त्यसैले त्यो अघि नै पार्टीबाट अब टुंगो लगाउनुपर्ने छ । त्यसैले नेकपाका लागि भोलि बस्ने बैठक निकै महत्वपूर्ण हुनेवाला छ ।
अहिले ओलीमाथि पार्टी विधि र पद्धति अनुरुप नचेको आरोप लागिरहेको छ । यही आरोप लगाउदै गत बैशाखदेखि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले ओलीलाई पदबाट हटाउन खोजे । करिब ४ महिना लामो विवादपछि तत्कालका लागि ओलीमाथि आइपरेको सत्ता संकट हालै कार्यदललेको प्रतिवेदनले टार्ने जस्तो संकेत देखिइएको छ ।
कार्यदलको प्रतिवेदनमा पनि पार्टी विधि र पद्धति अनुसार ओली चल्नुपर्ने कुरा उल्लेख छ । ओलीकै संकट टार्नका लागि कार्यदलले मध्यमार्गी प्रतिवेदन बनाइरहेका बेला ओली आफै सच्चिन्छन् कि सच्चिदैनन् भन्ने यो घटनाबाट पुष्टी हुनेछ । त्यसैले ‘अब ओलीले गौतमलाई कि खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गर्लान् रु’ सबैको ओलीको आगामी कदमलाई पर्खेर बसेका छन् । त्यसैले भोलि हुने बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् नेकपाभित्र चासोको बिषय बनेको छ । हेरौं भिडियोमा ;































प्रतिक्रिया