कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कीर्तिपुर नगरपालिका-४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo